काठमाडौं । समानुपातिकतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा एमालेले ३,१७३,४९४ मत पाएको छ । यस्तै दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३,१२८,३८९ मत पाएको छ ।
एमालेले पाएको मत कांग्रेसभन्दा ४५,१०५ मत बढी हो । तेश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १३०३७२१ मत पाएको छ ।
यस्तै चौथो स्थानमा रहेको राष्ट्रिय जनता पार्टी नेपाल ४७२,२५४ र पाँचौ स्थानको संघीय समाजवादी फोरम नेपालले ४७०२०१ मत प्राप्त गरेको आयोगले जनाएको छ । अन्तिम समयसम्म चौथो स्थानमा रहेको समाजवादी फोरमलाई राजपाले उछिनेको हो । यी पाँच दल मात्र राष्ट्रिय दल बनेका छन् ।
राष्ट्रिय दल बन्न नपाएका दलहरुमध्ये सबैभन्दा धेरै मत विवेकशील साझा पार्टीले ल्याएको छ । विवेकशीलले २१२,३६३ र राप्रपाले १९६,७८२ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।
राप्रपा प्रजातान्त्रिकले भने ८८,३७७, नयाँ शक्ति पार्टी नेपालले ८१,८३७ र राष्ट्रिय जनमोर्चाले ६२१३३ मत पाएका छन् । प्रतिनिधिसभा र प्रदेसभा सदस्य चुनावमा एक करोड पाँच लाखको हाराहारीमा मतदान भएको थियो ।
समानुपातिकतर्फ मत पाएका टप १० दलहरु यी हुन् :
१. नेकपा एमाले- ३१७३४९४
२. नेपाली कांग्रेस- ३१२८३८९
३. माओवादी केन्द्र – १३०३७२१
४. राजपा – ४७२२५४
५. फोरम – ४७०२०१
६. विवेकशील -२१२३६३
७. राप्रपा – १९६७८२
८ राप्रपा प्रजातान्त्रिक – ८८३७७
९. नयाँ शक्ति – ८१८३७
१०. राजमो – ६२१३३