• २०८१ बैशाख १६ आइतबार

पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको छ- देउवा

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको भावना र मर्मअनुसार पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको बताएका छन् ।

तमू (गुरुङ) सङ्घ नेपाल बागमती प्रदेश भेलाको उद्घाटन गर्दै उनले कांग्रेसलाई एकताबद्ध र सुदृढ तुल्याउन सबै जातजाति र समुदायको सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री देउवाले भने, “मुलुकमा राजनीतिक परिवर्तनलगायतका आन्दोलनमा सबै समुदाय र जनजातिको उत्तिकै सहभागिता र योगदान छ, राज्यका संरचना र दलभित्र सबै ठाउँमा समावेशिता आवश्यक छ ।”

पार्टी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुशासन, आर्थिक समृद्धि र रुपान्तरणको पक्षमा दल र सरकारले काम गरिरहेको बताए ।

उनले भने, “मुलुक र जनताको विरुद्धमा रहेको भ्रष्टाचार न्यूनीकरणमा यो वा त्यो भनिने छैन । सुशासन कायम गर्दै जनतालाई सहज र सरलरूपमा सेवा प्रवाहलाई चुस्त तुल्याइने छ, दुई दिनभित्र मिटर ब्याजीसम्बन्धी विधेयक सदनबाट पारित हुन्छ ।”

बागमती प्रदेश मातहतका १३ जिल्लाका तमू समुदायको भेलाले सङ्गठन र पार्टी सृुदृढीकरणका लागि ठोस निष्कर्षसहितको सुझाव प्रस्तुत गर्ने  छ । सो अवसरमा सभापति देउवाले ती जिल्लाका तमु समुदायका नयाँ अध्यक्षलाई पार्टीको जिम्मेवारी र सदस्यतासम्वन्धी प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा तमू समुदायको संस्कृति र वेषभूषा झल्कने गीत, सङ्गीत र नृत्य प्रस्तुत गरियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै