• २०८१ बैशाख १८ मंगलबार

भारतीय विदेशमन्त्री स्वराजद्वारा दाहालको मृत्युमा शोक व्यक्त

kharibot

फाइल तस्बिर

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पुत्रवियोगप्रति शोक व्यक्त गरेकी छिन् ।

आइतबार अचानक हृदयाघातका कारण प्रचण्ड पुत्र प्रकाश दाहालको मृत्यु भएको थियो । विदेशमन्त्री स्वराजले ट्विट गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी हुन् ।

प्रकाश दाहालको राति घरमा सुतेको अवस्थामा मृत्यु भएको थियो । उनलाई बिहानै नर्भिक अस्पताल लगिए पनि अस्पतालले मृत घोषित गरेको थियो ।

झापा रहेका प्रकाशका पिता प्रचण्ड काठमाडौं आएपछि अस्पतालले औपचारिक रुपमा मृत्युको कारणबारे बताएको थियो । अस्पतालका अनुसार उनको आकस्मिक हृदयाघातबाट मृत्यु भएको हो ।

मृतक दाहालको पार्थिव शरीर अहिले पार्टी कार्यालय पेरिसडाँडामा रहेको छ । उनको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय