• २०८१ बैशाख १७ सोमबार

चिकित्स संघको आन्दोलनले आमनागरिकको स्वास्थ्यअधिकार हनन : आयोग

kharibot

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नेपाल चिकित्सक संघको नेतृत्वमा चिकित्सकहरुले गत शुक्रबारदेखि सुरु गरेको आन्दोलनले आम नागरिकको स्वास्थ्य अधिकार हनन भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै अनिश्चितकालीन बन्दले बिरामीमाथि गम्भीर असर परेको जनाएको हो ।

पटक पटक उपचारका क्रममा विरामीको मृत्यु हुने र अस्पताल तोडफोड हुने कार्य हुनथालेको भन्दै मन्त्रिपरिषद् बैठकले उपचारको क्रममा मृत्यु भए डाक्टरले नै क्षतिपूर्ति भर्नुपर्ने निर्णय गरेपछि नेपाल चिकित्सक संघले आन्दोलन थालेको हो ।

आयोगले विज्ञप्तिमा भनेको छ, ‘आजै गरेको स्थलगत अनुगमनबाट चिकित्सकहरुले आकस्मिकबाहेकका स्वास्थ्य सेवा शुक्रबारदेखि अनिश्चितकालको लागि बन्द गर्दा घाइते तथा बिरामीहरुको स्वास्थ्यको अधिकारमा गम्भीर असर परेको पाइएको छ ।’

आयोगले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ बमोजिम बन्द हडताल गर्न नपाउने भनी नेपाल सरकारद्वारा घोषित स्वास्थ्य सेवाजस्तो अत्यावश्यकीय सेवा बन्द गर्ने कार्य नेपालको संविधानको धारा ३५ द्वारा प्रदत्तस्वास्थ्यसम्बन्धी हक, धारा ४४ द्वारा प्रदत्त उपभोक्ताको हक, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १२ द्वारा प्रदत्त स्वास्थ्यको अधिकार, मानव जीवन र मानव स्वास्थ्यसँग सम्बन्धित अन्य प्रचलित नेपाल कानुनसमेतको विपरीत कार्य भएको समेत ठहर गरेको छ । आयोगले यस्तो अमानवीय कार्य नगर्न सम्बद्ध पक्षलाई आयोगले आग्रह समेत गरेको छ ।

आयोगले स्वास्थ्यजस्तो गम्भीर र अत्यावश्यक सेवाप्रति जिम्मेवारी बोध गरी पेसागत मर्यादा कायम राखी कार्य गर्न सबै चिकित्सकहरुलाई आग्रह समेत गरेको छ । आयोगले सरकार र संघलाई वार्तामा बस्न समेत आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै