• २०८१ बैशाख १७ सोमबार

डा. केसीसँग वार्ता गर्ने टोली गठन गर्न चिकित्सक संघको अल्टिमेटम

kharibot

फाइल तस्बीर

काठमाडौँ । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको मागका बारेमा वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ । 

संघले आइतबार विज्ञप्ति जारी गर्दै डा. केसीको अनशन २१ दिन पुगिसक्दा सरकारले बेवास्ता गरेको भन्दै वार्ता टोली गठनको माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ - 'संघले आयोजना गरेका विभिन्‍न बैठकले केन्द्रीय कार्यकारिणी समितिलाई दिएको म्याण्डेटअनुरुप डा. केसीको जीवन रक्षाका निम्ती नेपाल सरकारले ७२ घन्टाभित्र वार्ता टोली गठन गरी वार्ता र संवादको माध्यमबाट अविलम्ब सत्याग्रहको अन्त गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।'

संघले दिएको समयसीमाभित्र वार्ता टोली गठन नगरिए कठोर कदम चाल्ने चेतावनी समेत दिएको छ ।

संघले भनेको छ - '७२ घन्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. केसीको जीवन रक्षाका निम्ती कुनै पहल अगाडि नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघले जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै