• २०८१ बैशाख १७ सोमबार

चिकित्सक संघद्वारा आइतबर आकस्मिक र कोभिड-१९ बाहेकका स्वास्थ्य सेवा बहिष्कार गर्ने घोषणा

kharibot

काठमाडौँ । नेपाल चिकित्सक संघले सरकारले अनसनरत डा. गोविन्द केसीसँगको वार्ता औपचारिकतामा मात्र सिमित गरिएकोमा गम्भीर आपत्ति प्रकट गरेको छ । 

संघका महासचिव डा. बद्रि रिजालले एक विज्ञप्ति जारी गर्दै वार्ता र सम्बादलाई तार्किक निष्कर्षमा पुर्याई डा. केसीको जीवन रक्षाका निम्ति संघले सहजीकरण गरिरहेको बताउदै आश्विन २५ गते आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने घोषणा गरेको छ ।

संघले यस अघि शुक्रबार नै यो कार्यकम सरकार र डा. केसीका प्रतिनिधिबीच वार्ता शुरु भएपछि स्थगित गरेको थियो ।

साथै संघले २५ गते आइतबारसम्म पनि सत्याग्रह अन्त्य नभएमा संघले कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ । 

यस अघि सरकारी वार्ता टोलिले शनिबार एक विज्ञप्ति मार्फत डा. केसीले अहिले उठाएका मागका बारेमा स्पष्ट गर्दै अहिलेको परिस्थितिलाई ध्यान दिदै डा. केसीलाई अनसन तोड्न आग्रह गरेको थियो । 

सरकारले डा. केसीको अनसनको २४औ दिन वार्ता टोलि बनाएको थियो भने २५औ दिन वार्ता शुरु भएको थियो । विहिबार र शुक्रबार राति भएको वार्ता निष्कर्षमा पुग्न सेकको थिएन । 

डा. केसीले जुम्लाबाट आफ्नो १९औ अनसन शुरु गरेका थिए ।   
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै