• २०८१ बैशाख १७ सोमबार

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

kharibot

काठमाडौं । चिकित्सकहरुले थालेको आन्दोलन रोकिएको छ । सरकारले गठन गरेको वार्ता समिति र आन्दोलनरत चिकित्सक संघबीचको वार्तामा सहमति जुटेसँगै चिकित्सकहरुको आन्दोलन रोकिएको हो ।

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सचिव डा. विकास देवकोटा नेतृत्वको समिति र नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्की नेतृत्वको टोलीबीच भएको वार्तामा ६ बुँदे सहमति जुटेपछि आन्दोलनका कार्यक्रम स्थगित भएका छन् ।

चिकित्सक कुटपिटको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले आइतबार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका थिए ।

हेटौंडास्थित सञ्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि भदौ २७ गते कुटपिट भएको थियो । हेटौंडा उपमहानगर-१२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुपलाई पक्राउ गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै