• २०८१ बैशाख १७ सोमबार

संक्रमणबाट अति प्रभावित जिल्लाहरुमा स्वास्थ्य आपतकाल घोषणा गर- चिकित्सक संघ

kharibot

काठमाडौँ । नेपाल चिकित्सक संघले कोरोना संक्रमणबाट अति प्रभावित जिल्लाहरुमा स्वास्थ्य आपतकाल घोषणा गर्न सरकारसँग आग्रह गरेको छ ।

संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा पनि कोरोनाको दोस्रो लहर आइसकेर नयाँ स्वरुपको कोरोना प्रमाणित भइ संक्रमण तीव्र बन्दै गएकाले स्वास्थ्य आपतकाल घोषणा गरि लकडाउन गर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा संघले अस्पतालहरुमा सघन उपचार शय्या, औषधि र अक्सिजनको अभावले मृत्यु हुनेहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेकाले बालबालिका तथा युवा अवस्थाका नागरिकहरु समेत बढी मात्रामा संक्रमित भइरहेकाले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

संघले कोभिड अस्पताल घोषणा गरी संक्रमितलाई छुट्टै उपचार गर्न र फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु अझै पनि कोरोना खोपबाट बञ्चित रहेको हुँदा यथाशिघ्र उपलब्ध गराउन माग गरेको छ ।

साथै संघले दिर्घ रोगका उपचारत विरामीको छुट्टै उपचार व्यवस्था गर्न आगह गर्दै  कन्ट्रयाक ट्रेसीङको दयारा बढाउन र हटस्पट ठाउहरुमा नि:शुल्क पिसिआर गर्न आग्रह गरेको छ  ।

त्यस्तै संघले सर्बसाधारणलाई बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, साबुनपानी वा सेनिटाइजरले हात धुन र बालबालिकाहरु तथा परिवारका अन्य सदस्यहरुलाई पनि मास्कको उचित प्रयोग गर्न लगाउन आग्रह रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै