• २०८१ बैशाख १७ सोमबार

संजय दत्तको ‘भूमि’ बाट सनी लियोनीको आइटम गीत हट्यो, यस्तो छ कारण  

kharibot

मुम्बई । संजय दत्तको नयाँ फिल्म ‘भूमि’ को सनी लियोनी अभिनित आइटम गीतलाई भारतीय सेन्सर बोर्डले फिल्मबाट हटाइदिएको छ ।

जेलबाट फर्के पछि फिल्मी क्यारियरलाई फेरी सुरु गरेका संजय दत्तको फिल्म ‘भूमि’ बाट भारतीय सेन्सर बोर्डले १२ सिन हटउदै फिल्मको आइटम गीत ‘ट्रीपी ट्रीपी’ लाई पनि फिल्मबाट हटाइदिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

फिल्मको आइटम गीत भल्गर भएको भन्दै केहि सिन मात्र फिल्ममा राख अनुमति दिएको छ । फिल्मका अभिनेता संजय दत्तले पनि यस अघि सो गीत भल्गर भएको प्रतिक्रिया दिएका थिए । फिल्मको गीत यसअघि नै रिलिज गरिसकिएको छ, जसलाई दर्शकले भने अत्यन्त मन पराएका छन् । 

त्यस्तै फिल्ममा अभिनेत्री अदिति राव हैदरको रेप सिनलाई पनि सेन्सर बोर्डले हटाइदिएको छ । त्यसै गरी फिल्ममा प्रयोग भएका अभद्र शब्दलाई पनि सेन्सरले हटाएको बताइएको छ ।फिल्मका निर्देशक उमंग कुमारले फिल्मको विषय नै सेन्सेटिभ भएकोले सेन्सरले केहि सिन हटाउनु स्वाभाविक भएको प्रतिक्रिया दिएका छन् ।

फिल्ममा पिता र छोरीको सम्बन्धलाई देखाइएको छ संजय दत्त र अदिति राव हैदर पिता र छोरीको भूमिकामा अभिनय गरेका छन् ।

फिल्ममा नदेखाइने भएको सनी लियोनी अभिनित आइटम गीत :   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै