• २०८१ बैशाख १७ सोमबार

संजय दत्तले भने - क्यान्सरविरुद्धको लडाई जिते

kharibot

काठमाडौँ । बलिवुड अभिनेता संजय दत्तले क्यान्सर जितेका छन् । क्यान्सरको सफल उपचारपछि संजय दत्तले औपचारिक रुपमा आफुले क्यान्सर जितेको जानकारी दिएका छन् ।

सामाजिक संजालमा एक पोष्ट गर्दै संजय दत्तले पछिल्ला केहि साता आफ्ना लागि निकै मुश्किलपूर्ण रहेको भन्दै आफुले क्यान्सर जितेको बताएका छन् ।

संजय दत्तले भनेका छन्, 'यो सबै तपाईहरुको भरोसा र मायाबिना सम्भव थिएन । म आफ्नो परिवार, साथीहरु र सबै फ्यानप्रति मन देखि नै आभारी छु ।'

केहि दिन अघि संजय दत्तले एक भिडियो संदेशमा आफुले नोभेम्बरबाट फिल्ममा फर्किने बताएका थिए । क्यान्सरलाई जित्छु भन्दै दत्तले फिल्मको तयारी शुरु गरेको बताएका थिए । पत्रकारहरुसँग मजाक गर्दै दत्तले अहिले म विरामी छैन, यस्तो नलेख्नु होला भनेका थिए ।

गत अगस्त ८ मा श्वासप्रश्वास लिन समस्य भएपछि अस्पताल गएका दत्तलाई शुरुमा कोरोना संक्रमणको आशंका गरिएको भएपनि पछि क्यान्सर भएको खुलासा भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै