• २०८१ बैशाख १७ सोमबार

शाहरुख खान र संजय दत्त पहिलो पल्ट एकै फिल्ममा आउदै

kharibot

काठमाडौँ । बलिवुडका दुई सुपरस्टार शाहरुख खान र संजय दत्त पहिलो पल्ट सँगै काम गर्ने भएका छन् । बहुभाषामा बन्न लागेको फिल्म 'राखी' शाहरुख र संजयले सँगै काम गर्ने भएका हुन् ।

शाहरुख र संजयबीच अहिलेसम्म फिल्ममा विशेष भूमिका बाहेक पुरा रोल लिएर सँगै काम गरेका छैनन् । यस अघि २०१२ मा शाहरुखको र वान र २००७ मा ओम शान्ति ओममा विशेष भूमिकामा एकै फिल्म थिए ।

भायकम १९ ले निर्माण गर्ने यस फिल्मको मुम्बईमा शुटिंग समेत शुरु भएको बताइएको छ ।

शाहरुख खानको पछिल्लो फिल्म जिरो देखि कुनै फिल्म रिलिज भएका छैनन् भने उनी हाल नयाँ फिल्म पठानमा व्यस्त रहेका छन् । त्यस्तै संजय दत्तका भने अब केजिएफ र शमशेरा गरि दुई ठुला फिल्म आउने क्रममा रहेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै