• २०८१ बैशाख १७ सोमबार

संजय दत्तले जिते क्यान्सर !

kharibot

काठमाडौँ । बलिवुड अभिनेता संजय दत्तका फ्यानलाई खुशीको खबर रहेको छ । फोक्सोमा एक प्रकारको क्यान्सरको उपचार गराइरहेका अभिनेता संजय दत्तको उपचार अहिले ठिक तरिकाले भएको र छिट्टै ठिक हुने बताइएको छ ।

उनको परिवारका एक सदस्य भारतीय सरकारी समाचार एजेन्सी पिटीआईसँग कुरा गर्दै संजयको पछिल्लो रिपोर्ट निकै राम्रो आएको र उनी छिट्टै ठिक हुने विश्वास व्यक्त गरेका छन् । पिटीआइले परिवारका सदस्यको नाम नखुलाई संजय दत्तको रिपोर्ट राम्रो आएको उल्लेख गरेको छ ।

संजयलाई क्यान्सर भएको थाहा पाएपछि उनलाई उपचारको लागि अमेरिका लैजाने भनिएको भएपनि अहिले मुम्बईमा कोकिला बेन अस्पतालमा नै उपचार गराई रहेका छन् ।

भारतीय मिडियाहरुले भने संजय दत्त क्यान्सरबाट मुक्त भइसकेको दाबी गरिएको छ । दत्त निकटहरुलाई उदृत गर्दै भारतीय मिडियाहरुले दत्त क्यान्सर मुक्त भएको बताइएको छ ।

केहि दिन अघि संजय दत्तले एक भिडियो संदेशमा आफुले नोभेम्बरबाट फिल्ममा फर्किने बताएका थिए । क्यान्सरलाई जित्छु भन्दै दत्तले फिल्मको तयारी शुरु गरेको बताएका थिए । पत्रकारहरुसँग मजाक गर्दै दत्तले अहिले म विरामी छैन, यस्तो नलेख्नु होला भनेका थिए ।

दत्तको आखिरी फिल्म सडक-२ अघिल्लो महिना रिलिज भएको थियो । सिनेमा हल बन्द भएका कारण ओटीटी प्लेटफर्ममा रिलिज भएको फिल्म त्यति सफल भने हुन सकेन ।

गत अगस्त ८ मा श्वासप्रश्वास लिन समस्य भएपछि अस्पताल गएका दत्तलाई शुरुमा कोरोना संक्रमणको आशंका गरिएको भएपनि पछि क्यान्सर भएको खुलासा भएको थियो ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै