• २०८१ बैशाख १७ सोमबार

संजय दत्तलाई फोक्सोको क्यान्सर, उपचारका लागि अमेरिका जाने तयारी

kharibot

अभिनेता संजय दत्त (फाइल तस्वीर)

काठमाडौँ । बलिवुड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ ।

बलिवुड फिल्म विश्लेषक कोमल नहाटाले संजय दत्तलाई क्यान्सर भएको जानकारी दिएका छन् ।

संजय दत्तले आफुले आफ्नो स्वास्थ्यको कारणले केहि समय फिल्मबाट ब्रेक लिने जानकारी दिएका छन् । 

मिडिया रिपोर्टका अनुसार संजय दत्तको क्यान्सरको उपचार सम्भव भएको बताइएको छ । संजय दत्तलाई क्यान्सर भएको खुलासा भएपछि मंगलबार सार्बजनिक हुने भनिएको उनको नयाँ फिल सडक-२ को ट्रेलर समेत रोकिएको थियो ।

अब संजय दत्त थप उपचारका लागि अमेरिका जाने तयारीमा रहेको बताइएको छ । समयमा अमेरिका गएर उपचार गरे उपचार सम्भव भएको बताइएको छ ।

संजय दत्त केहि दिन अघि श्वास फेर्न मुश्किल भएपछि अस्पताल भर्ना भएका थिए । यस क्रममा उनको कोरोना परिक्षण गरिएको थियो र रिपोर्ट भने निगेटिभ आएको थियो ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय