• २०८१ बैशाख १७ सोमबार

क्यान्सरबाट छिट्टै मुक्त हुने छु - संजय दत्त

kharibot

काठमाडौँ । बलिवुड अभिनेता संजय दत्त क्यान्सरसँग लडिरहेका छन् । ६१ बर्षिय अभिनेता संजय क्यान्सरसँगको लडाई लडिरहेका बेला आफ्नो रोग बारे एक भिडियो जारी गरेर चर्चा गरेका छन् ।

भिडियोमा संजय दत्तले आफुले क्यान्सरलाई हराउने विश्वास व्यक्त गरेका छन् ।

हेयर स्टाइलिस आलिम हकीमले आफ्नो इन्स्टाग्राममा शेयर गरेको भिडियोमा संजयले आफुले क्यान्सरलाई जित्ने बताएका छन् । उनले भनेका छन् - ' म छिट्टै यसबाट मुक्त हुने छु । लकडाउनपछि फेरी काम शुरु गर्न लागेको छु । यसमा म धेरै खुशी छु । मैले अहिले केजीएफ-२ का लागि तयारी गरिरहेको छु । फेरी सेटमा जान पाएर खुशी छु ।'

संजयले आफ्नो उपचारको एक फेज सकेर परिवारसँग केहि साता अघि दुबई गएका थिए । उनको उपचार हाल मुबाईस्थित धीरुभाई अम्बानी अस्पतालमा चलिरहेको छ । उनले गत अगस्त ११ मा सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै केहि समयका लागि उपचारका लागि कामबाट ब्रेक लिन लागेको बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार उनको कीमोथेरापीको नतिजा सकरात्मक रहेको छ । संजयले अहिले फिल्म शमशेरा, भुज, केजीएफ, पृथ्वीराज र तोरबाज जस्ता फिल्ममा काम गरिरहेका छन् ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै