बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१ स्थित पथलैयामा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोतिहारीका रामा साह रहेको ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।
मृतक साह साइकलमा घुमाएर फलफुल बेच्ने पेशा गर्दै आएका थिए । पेट्रोल पम्पमा तेल हाल्न गएको गाडीका यात्रुलाई भुँइकटहर बेच्न जादाँ उनलाई ट्रकले ठक्कर दिएको थियो ।
साहको उपचारको क्रममा सिमरा स्थित अल्पाईन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक सुबास हमालले जानकारी दिएका छन् ।