• २०८१ जेठ ४ शुक्रबार

सुदूरपश्चिम सरकारमा नाउपाकी थापा मन्त्री नियुक्त

kharibot

धनगढी । सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सांसद टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन् ।

आजै १ बजे थापाको शपथ ग्रहणको तयारी गरिएको छ । वैशाख ६ गते मुख्यमन्त्रीमा सोडारी नियुक्त भएका थिए ।

सोही दिन मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई नियुक्त गरेका थिए । आज बिहान मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै