काठमाडौँ। नेपाली अन्डर १९ राष्ट्रिय क्रिकेट टिम भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को निमन्त्रणामा भारतमा एकदिवसीय सिरिज खेल्ने भएको छ।
क्रिकट्रयाकरका अनुसार प्रतियोगितामा नेपाल, भारत र अगनिस्तानको अन्डर र भारतको नेशनल क्रिकेट एकेडेमीको टिमले भाग लिने भएका छन्।
भारतले हरेक बर्ष आयोजना गर्ने ५० ओभरको यो सिरिजमा गत वर्ष श्रीलंकाको यु १९ टोली भने यस पटक नेपाली टिमलाई बोलाइएको हो ।
यस्तै सिरिजलाई यू-१९ एसिया कपको तयारीको रुपमासमेत लिइएको छ। बंगलादेशले आगामी अक्टोबरमा एसिया कपको आयोजना गर्दैछ। जसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन्।
गत नोभेम्बरमा मलेसियामा भएको पछिल्लो एसिया कपमा नेपाली यू–१९ ले भारतको यू–१९ टोलीमाथि ऐतिहासिक जित निकालेको थियो।
आगामी सेप्टेम्बर १२ बाट सिरिज सहभागी चार टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । शीर्ष दुई टोलीले सिरिजको उपाधिको लागि खेल्ने छ । तेस्रो र चौथो हुने टोलीबीच तेस्रो स्थानको लागि प्ले अफ खेल हुने भएको ।
सार्वजनिक भएको खेल तालिका अनुसार सेप्टेम्बर १२- भारत यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, इडेन गार्डेन्स, कोलकोतामा हुने छ भने सेप्टेम्बर १२- एनसीए यू–१९ विरुद्ध नेपाल यू–१९, जादभपुर युनिभर्सिटी,सेप्टेम्बर १४-भारत यू–१९ विरुद्ध नेपाल यू–१९, इडेन गार्डेन्स, सेप्टेम्बर १४- एनसीए यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, जादभपुर युनिभर्सिटी, सेप्टेम्बर १६- भारत यू–१९ विरुद्ध एनसीए यू–१९, इडेन गार्डेन्स, सेप्टेम्बर १६- अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९, जादभपुर युनिभर्सिटी।
त्यस्तै उपाधिक लागि सेप्टेम्बर १८ मा शिर्ष दुई टिमबीच इडेन गार्डेन्समा खेल हुने छ भने तेस्रो स्थानका लागि तेस्रो र चौथो हुने टिम सेप्टेम्बर १८ मै जादभपुर युनिभर्सिटीमा खेल्ने छन्।