• २०८१ बैशाख १६ आइतबार

हाइ परफर्मेन्स क्याम्पका लागि नेपाली क्रिकेट टिम भारत जादै

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम हाइपरफरमेन्स क्यामका लागि भारतको नागपुर जाने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टी-२० विश्वकपको एशिया क्षेत्रको छनौट अघि नेपाली टिमले भारतमा राजस्थान रोयल्सको एकेडेमी रहेको नागपुरमा हाई परफरमेन्स क्याम्प गर्ने भएको हो ।

१९ औं एसियाली खेलकुद (एसियाड) खेलेर बिहीबार स्वदेश फर्किएको नेपाली क्रिकेट टोली आज नागपुर जान लागेको क्यानले जानकारी दिएको छ । एशियन गेम्स खेल्ने टिममा नपरेका केहि खेलाडी भने यसअघि नै नागपुर पुगिसकेका छन् ।

नेपालले आइसिसी ती -२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म काठमाडौँमै खेल्दै छ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।

फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी- २० विश्वकपमा छनौट हुने छन् । नेपाललाई यस छनौट प्रतियोगिताको उपाधिको प्रमुख दाबेदार मानिएको छ ।

विश्वकप छनोट अघि नेपालले त्रिकोणात्मक ती -२० सिरिज खेल्ने तय भएको छ । काठमाडौँमै हुने सो सिरिजमा नेपालसहित युएई र हङकङ खेल्ने छन् । यो सिरिज असोज ३० देखिशुरु हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै