• २०८१ बैशाख १५ शनिबार

'राइट म्यान इन राइट प्लेस' का कारण नेपाली क्रिकेटले राम्रो गरिरहेको छ- पुबुदु

kharibot

काठमाडौं । क्यानडाका क्रिकेट प्रशिक्षक पुबुदु दासानायकेले नेपाली क्रिकेटले 'राइट म्यान इन राइट प्लेस' का कारण राम्रो नतिजा निकालेको टिप्पणी गरेका छन् ।

बिहीबारदेखि सुरु हुने नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजअघिको पत्रकार सम्मेलनमा बोल्दै दासानायकेले पारस खड्का क्यानमा आउनु र मोन्टी देसाई र विनोद दासले गरेको मिहिनेतले नेपाली क्रिकेटले राम्रो गरिरहेको प्रतिक्रिया दिएका हुन् ।

उनले भने- ‘नेपाली क्रिकेटमा राइट म्यान इन राइट प्लेस भएको छ । पारस खड्का सिस्टममा आएका छन्, विनोद र मोन्टीले राम्रो गरेका छन् । नेपालले राम्रो खेलिराखेको छ । गत वर्षबाट मैले नेपालका सबै खेल हेरेको छु ।’

सिरिजलाई लिएर आफूहरू उत्साहित रहेको बताउदै दासानायकेले क्यानडाको टिम पनि अहिले राम्रो रहेको बताए । नेपालसँग घरेलु मैदानमा ठूलो मात्राको समर्थक अगाडि खेल्दा राम्रो अनुभव बटुल्ने उल्लेख गर्दै दसानायकेले एसोसियट्स देशमा नेपालमा जस्तो दर्शक अन्य देशमा नभएको बताए ।

नेपालले क्यानडाविरुद्ध खेल्ने तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलक विहिबार टियु मैदानमा खेल्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै