• २०८१ बैशाख १६ आइतबार

विश्वकपमा छनौट नेपाली क्रिकेट टिमलाई क्यानले ५० लाख नगद पुरस्कार दिने

kharibot

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्रिकेटमा छनौट भएको नेपाली टिमलाई ५० लाख नगद पुरस्कार दिने भएको छ ।

क्यान कार्यसमितिको आज बसेको बैठकले राष्ट्रिय क्रिकेट टिमलाई ५० लाख नगद पुरस्कार दिने निर्णय गरेको सचिव पारस खड्काले जानकारी दिएका छन् ।

त्यसैगरी क्यानले यू- १९ एशिया कपमा  छनौट भएको नेपाली यू-१९ टिमका खेलाडीलाई जनही ५० हजार नगद पुरस्कार दिने निर्णय गरेको छ ।

साथै क्यानले टी-२० विश्वकप छनौटको फाइनल खेलमा बिक्री भएको टिकटको आधा रकम जाजरकोटमा गएको भूकम्पबाट पिडितहरुको उद्धारको लागि सहयोग गर्ने निर्णय गरेको छ ।


      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै