• २०८१ बैशाख १६ आइतबार

आइपिएलको अक्सन सुचीमा परेनन् नेपाली क्रिकेटर

kharibot

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को मिनी अक्सनमा नेपाली खेलाडी नदेखिने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले सोमबार जारी गरेको खेलाडीको अक्सन सूचीमा कुनैपनि नेपाली खेलाडी समावेश गरिएको छैन ।

यस पटकको अक्सनमा एसोसिएट देशबाट केवल २ खेलाडी मात्र परेका छन् । अक्सनमा नेदरल्यान्ड्सका भान मर्केन र डेविड विजा मात्रै परेका छन् ।

युएईको दुबईमा डिसेम्बर १९ मा हुने आइपिएल अक्सनमा कुल ३३३ खेलाडीलाई समावेश गरिएको छ । जसमा २१४ भारतीय खेलाडी छन् भने ११९ खेलाडी विदेशी रहेका छन् । यस अक्सनबाट कुल ७७ खेलाडी बिक्रि हुने छन् जसमा ३० विदेशी खेलाडीको कोटा रहेको छ ।

योसँगै नेपाली खेलाडीले आइपिएलमा खेल्ने प्रतिक्षा थप एक बर्ष लम्बिएको छ । यसअघि २०१८ को अक्सनबाट नेपालका स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले २० लाखमा किनेको थियो । सन्दीप आइपिएल खेल्ने अहिलेसम्मका पहिलो नेपाली खेलाडी हुन् । सन्दीपलाई दिल्लीले २०२० मा रिलिज गरेपछि उनी २०२१ र २०२२ को अक्सनको सूचीमा रहेपनि कुनै टिमले किनेको थिएन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै