काठमाडौँ । इङलिश प्रिमियर लिगमा चेल्सीसँग बराबरी खेल्दै हडर्सफिल्ड रेलिगेसनबाट बचेको छ ।
गएराती भएको खेलमा चेल्सीसँग १-१ गोलको बराबरी खेल्दै महत्वपूर्ण एक अंक हासिल गरेपछि हडर्सफिल्ड रेलिगेसन जोनबाट बाहिर आएको हो ।
हडर्स फिल्डका लागि लरेन्ट डेपोइट्रेले खेलको ५०औ मिनेटमा गोल गरेका थिए भने खेलको ६२औ मिनेटमा मार्कोस अलोन्जोले बराबरी गोल फर्काएका थिए ।
यो बराबरी पछि चेल्सीलाई भने च्याम्पियन्स लिगमा छनौट हुन् मुस्किल देखिएको छ । अरो सिजनको च्याम्पियन्स लिगमा छनौट हुन् जित्ने पर्ने यस खेलमा एक अंक मात्र हासिल गरेपछि चेल्सी अब चौथो स्थान हासिल गर्न अन्तिम खेलमा लिभरपुल पराजित हुने र चेल्सी विजयी भएको अवस्थामा मात्र सफल हुने छ ।चेल्सी युरोपा लिगमा चित्त बुझाउनु पर्ने देखिएको छ ।
चेल्सीको अब ३७ खेलमा ७० अंक भएको छ भने लिभरपुल ३७ खेलमा ७२ अंकसहित चौथो स्थानमा रहेको छ ।
यससँगै प्रिमियर लिगमा यस सिजनमा स्वान्सी सिटी, वेस्ट ब्रोमविच र स्टोक सिटी रेलिगेसनमा परेका छन् ।