• २०८१ बैशाख १६ आइतबार

म्यानचेस्टर सिटीले जित्यो इङलिश प्रिमियर लिगको उपाधि

kharibot

काठमाडौँ । म्यानचेस्टर सिटीले इङलिश प्रिमियर लिगको उपाधि जितेको छ ।

गएराती सम्पन्न खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेपछि म्यानचेस्टर सिटीले उपाधि जितेको हो ।

सिटीले लिगका ३ खेल अगाडी नै उपाधि जितेको हो ।

सिटीको ३५ खेलमा ८० अंक छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३५ खेलमा ७० अंक रहेको छ ।

योसँगै म्यानचेस्टर सिटीले पाँचौ पटक प्रिमियर लिगको उपाधि जितेको छ ।

सिटीले पहिलो पटक २०११-१२ मा प्रिमियर लिगको उपाधि जितेको थियो भने त्यसपछि २०१३-१४, २०१७-१८, २०१८०१९ र यो सिजन गरि पाँच पटक उपाधि जितेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै