काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एथलेटिको म्याड्रिड पराजित भएको छ ।
गएराती भएको रियल सोसियडाडसँगको खेलमा एथलेटिको ३-० गोल अन्तरले पराजित भएको हो ।
एथलेटिकोको पराजयको फाइदा लिगको शिर्ष स्थानामा रहेको बार्सिलोनालाई भएको छ । बार्सिलोना अहिले लिगको शिर्ष स्थानमा एथलेटिको भन्दा १२ अंकले अगाडी छ भने अब लिगमा ५ खेल खेल्न बाँकी छ ।
एथलेटिकोको हारसँगै अब ला लिगाको उपाधि जित्न बार्सिलोनाले एक खेल जिते पुग्ने देखिएको छ । बार्सिलोनाले ला लिगामा अब अप्रिल ३० मा डिपोर्टिभो ला कुरुनासँगको खेल जितेमा उपाधि नै जित्ने भएको छ ।
यस खेलमा सोसियडाडका लागि जौनामीले दुई गोल गरेका थिए भने विलियन जोसेले एक गोल गरेका थिए ।
जितपछि रियल सोसीयडाड ३३ खेलमा ४३ अंकसहित लिगको ११औ स्थानमा रहेको छ भने एथलेटिको ३३ खेलमा ७१ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ ।