• २०८१ बैशाख १५ शनिबार

गिरोना ला लिगाको शिर्ष स्थानमा उक्लियो

kharibot

काठमाडौँ । गिरोना ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा गिरोनाले भिल्लारियललाई २-१ गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो ।

गिरोनाको जितमा अर्टेर्न डोभबाइक र एरिक गार्सियाले एक एक गोल गरेका थिए । त्यसैगरी भिल्लारियलका लागि डानी पारेजोले एक गोल गरेका थिए ।

यस सिजनमा अपराजित गरेको गिरोनाको यो जितपछि ७ खेलमा १९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ ।

७ खेलमा १८ अंक भएको रियल म्याड्रिड दोस्रो स्थानमा छ भने ७ खेलमा १७ अंक भएको बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।त्यसैगरी भिल्लारियलको भने यो यस सिजनमा चौथो हार हो । भिल्लारियलको ७ खेलमा ७ अंक छ र लिगमा १४औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै