काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले ग्राण्डालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा अल्भारो मोराटा, मेम्फिस डिपे र मार्कोस लिओरेन्टले एक एक गोल गरेका थिए ।
त्यस्तै ग्राण्डाका लागि साम्युएल ओमोरोडियोनले एक गोल गरेका थिए ।
यो जितसँगै एटलेटिकोले महत्वपूर्ण ३ अंक हासिल गरेर नयाँ सिजनको शानदार शुरुवात गरेको छ ।
एटलेटिकोले अब अर्को खेल अगस्त २१ मा रियल बेटिससँग खेल्ने तालिका रहेको छ ।