• २०८१ बैशाख १७ सोमबार

अबको लक्ष्य विश्वकप हो,  ८—१० बर्षभित्र टेष्ट राष्ट बन्नुपर्छ : कप्तान पारस खड्का

kharibot

काठमाडौं । आइसीसी विश्व क्रिकेट छनौट खेलेर नेपाली राष्ट्रिय टिम स्वदेश फिर्ता भएको छ ।

जिम्बाबेमा भएको विश्व क्रिकेट छनौटबाट नेपाली टोलिले एक दिवसीय क्रिकेटको मान्यता पाएर आज नेपाली टोली काठमाडौं आइपुगेको हो ।

नेपाली टोलीका कप्तान पारस खड्काले बिमानस्थलमा संचारकर्मीहरुसँग बोल्दै ‘खेलाडीहरुले आफ्नो जिम्मेवारी पुरा गरिरहेको बताउदै अब क्रिकेट खेललाई कसरी हेर्ने भनेर जिम्मेवार  पदाधिकारी र  देशप्रति जिम्मेवारी थपिएको बताए । खड्काले अब क्रिकेट खेललाई प्रथमिकतामा राखेर अगाडि बढाउनु पर्ने बेला आइसकेको बताउदै सरकारले उचित कदम चाल्ने आशा व्यक्त गरे ।

क्यान नभएकाबेला कसरी अगाडि बढ्नुपर्छ भन्ने जिञासामा उनले भने ‘घरेलु संरचनाको विकास,  भौतिक पूर्वाधार र खेलाडीहरुको हेरचाहा लगाएतका कुराहरुमा ध्यान दिनुपर्ने बताए।

खड्काले भने-'हामीले अब प्रोफेशनल सेटअप चाँही गर्नै पर्छ ओडिआई स्टाटस पाएका छौं । आशा गरौं आगामी दिनमा हामीले राम्रो स्पोन्सर बनाएर अगाडि बढ्ने हो भने निरन्तर रुपमा ओडिआई राष्ट बनी राख्न सक्छौं ।'

खड्काले भने-'अबको हाम्रो लक्ष्य भनेको पक्कैपनि विश्वकप हो । ८-१० बर्षमा टेष्ट राष्ट बन्ने हाम्रो योजना हुनुपर्छ । सायद त्यसको शूरुवात हुनसक्छ कि ?'

क्रिकेट अगाडि बढाउन मौदान बाहिरका जतिपनि नराम्रा पक्ष छन् त्यसलाई कम गर्दै जाने मौका पाएको खड्काले बताए ।

नेपालले पिएनजीलाई हराउदाँको क्षण सम्झदै खड्काले भने सन् २०१४ मा टि-२० विश्वकपमा क्वालिफाएरमा खुसी भएका थियौं लगभग उस्तै खुसी भयौं, हामीले पीएनजी हराउदा र नेदरल्याण्डले हङकङलाई हराउदा ।

नेपालका कप्तान पारस खड्काले प्रतियोगितामा ६ खेल खेल्दै २३१ रन बनाएका थिए । उनले यसै प्रतियोगितामा नेपालका तर्फबाट लिस्ट ए क्रिकेटमा एक हजार रन बनाउने पहिलो खेलाडी पनि बने । यो नेपालकै लागि पनि ऐतिहासिक उपलब्धि हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै