• २०८१ बैशाख १६ आइतबार

रोहितले तोडे पारस खड्काको रेकर्ड

kharibot

काठमाडौं  । युवा ब्याट्सम्यान रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पारस खड्काको रेकर्डलाई तोडेका छन् ।

पपुवा न्युगिनीविरुद्धको खेलमा रोहित एकदिवसीय खेलको एक इनिंगमा नेपालको तर्फबाट सर्बाधिक रन बनाउने खेलाडी बनेका हुन् ।

रोहितले यस अघि पुर्व कप्तान पारस खड्काले बनाएको ११५ रनको रेकर्डलाई तोडेका हुन् । रोहित अहिले पनि ११६ रन बनाएर खेलिरहेका छन् ।

पपुवा न्युगिनीविरुद्धको जारी खेलमा रोहितले शतक पुरा गर्दै पारस खड्कापछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका हुन् ।

पुर्व कप्तान पारसले २०१९ को जनवरी २८ मा युएईविरुद्ध ११५ रन बनाएका थिए ।

रोहितले यसै खेलमा यसअघि ज्ञानेन्द्र मल्लको नेपालका लागि एकदिवसीय क्रिकेटमा ४८० रन बनाउदै सर्बाधिक रन बनाउने खेलाडीको रेकर्डलाई पनि तोडेका छन् । रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ सय रन पुरा गर्ने पहिलो खेलाडी पनि बनेका छन् नेपालका लागि मल्ल पछि पुर्व कप्तान पारस खड्काले ३१५ रन बनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै