• २०८१ बैशाख १२ बुधबार

स्पट फिक्सिङको खबरले स्तब्ध बनायो, दोषीलाई कारवाही गरियोस्- पारस खड्का

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले जारी नेपाल टी-२० मा स्पट फिक्सिङ भएको भन्ने खबरले आफु स्तब्ध भएको प्रतिक्रिया दिएका छन् ।

खड्काले सामाजिक सञ्जाल मार्फत आफ्नो विचार राख्दै खेलाडीहरुको बर्षौं देखिको लगाव, खेलप्रेमीहरुको नि:स्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरुको विश्वासलाइ यस घटनाले चोट पुर्याएको उल्लेख गरेका छन् । साथै उनले यो अपराधको निष्पक्ष छानविन गरेर दोषीलाई कडा कारवाही गर्न समेत माग गरेका छन् ।

पारसले भनेका छन्-    

नेपाल क्रिकेटले विभिन्न अध्याय,संघर्ष र खुड्किलाहरु पार गर्दै राम्रो स्वरुप लिने क्रम जारी थ्यो। यो अनवरत यात्रा र उतारचडावकै बीच नेपाल टी-२० लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ। खेलाडीहरुको बर्षौं देखिको लगाव , खेलप्रेमीहरुको नि:स्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरुको विश्वासलाइ यस घटनाले  यो खेल संग सम्बंधित  सबैलाइ चोट पुर्याएको छ। यो अपराधको निष्पक्ष छानविन गरेर दोषीलाइ कडा कारवाही गरियोस ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै