• २०८१ बैशाख १६ आइतबार

पारस खड्काको टिम एसियन लाइन्सले जित्यो लिजेण्ड लिगको उपाधि

kharibot

काठमाडौँ । नेपालका पुर्व कप्तान पारस खड्का सम्मिलित एशिया लाइन्सले लिजेण्ड लिग क्रिकेटको उपाधि जितेको छ ।

गएराती कतारको दोहामा सम्पन्न \फाइनल खेलमा एसियन लाइन्सले वर्ल्ड जाइन्टसलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

वर्ल्ड जाइन्टसले दिएको १४८ रनको लक्ष्य पछ्याएको एसियन लाइन्सले १६.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वर्ल्ड जाइन्टसले २० ओभरमा ४ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

लिजेण्ड क्रिकेट लिगको यो तेस्रो संस्करण हो । यस अघि २०२१ मा ओमानमा र २०२२ मा भारतमा यो प्रतियोगिता समपन्न गरिएको थियो । यस प्रतियोगितामा एसियन लाइन्स, वर्ल्ड जाइन्टस र इन्डिया महाराजाज गरी तीन टीमले भाग लिने गरेका छन् ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै