• २०८१ बैशाख १६ आइतबार

क्यानको सचिवमा पारस खड्का निर्वाचित

kharibot

काठमाडौँ । पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा विजयी भएका छन् ।

जारी मतगणनामा आवश्यक ४३ मत पाएसँगै पारस खड्का सचिवमा विजयी भएका हुन् । अहिलेसम्म पारसले ४३ प्राप्त गरेका छन् भने प्रशान्तविक्रम मल्लले ३२ मत प्राप्त गरेका छन् ।

पारसलाई निर्बिरोध निर्वाचित भएका अध्यक्ष चतुरबहादुर चन्दको समर्थन रहेको थियो ।  आजै भएको मतदानमा ८५ मत खसेको थियो ।

क्यानको अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित ६ पदमा भने निर्विरोध भएको थियो ।

त्यसै सचिवसहित ११ पदका लागि मतदान भएको थियो ।

अपडेट: 

क्यानको निर्वाचनमा भएको मतदानमा कुल ८५ मत खसेकोमा पारसले ४८ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी प्रशान्तले ३७ मत पाएका छन् । खड्का ११ मतान्तरले विजयी भए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै