• २०८१ बैशाख १७ सोमबार

प्रनिनिधिसभा र प्रदेशसभा सदस्य सम्मानित

kharibot

काठमाठौं । युवा संघ नेपाल धादिङ र वाईसिएल धादिङको संयुक्त आयोजनामा बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा युवा संघ नेपाल र वाईसिएल नेपालको तर्फवाट निर्बाचित र धादिङवाट निर्वाचित माननियहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य, पुर्व परराष्ट्र मन्त्री, युवाफांट प्रमुख कमरेड महेन्द्र पाण्डेले सम्मान गरे ।

सम्मानित हुनेमा माननीय राजिव पहारी, चन्द्र लामा, मन्जु यादव, दुर्गा वि.क, खेम लोहनी, सुनिता चौधरी, भुमी त्रिपाठी, जगत सिमखडा, डा रामकुमार अधिकारी, वलराम वास्कोटा लगाएत थिए ।

कार्यक्रम प्रमुख अतिथिको रुपमा वोल्दै महेन्द पाण्डेले सवै निर्वाचित माननियलाई बधाई दिदै भने, अब युवा संघ र वाईसिएलले आफ्ना संगठन बिभागका प्रमुखहरुको नेतृत्वमा संगठनको ढाचा, भावी कार्यदिशा, कार्यक्रम लगाएतका विषयमा छलफल चलाउन शुरु गर्नुहोस् भन्दै निर्देशन दिएको  युवा संघका नेता सन्तोष सिलवालले बताए ।

अवको सरकार संग जनताको अपेक्षा वढी छ । यसलाई सकरात्मक शुझाव दिन सवैलाई आग्रह गरे । युवाहरु विदेशीनु हाम्रो चुनौति हो । विदेशमा युवा राखेर देशको विकास हुन सक्दैन । सीप र दक्षता  वाट निपुण युवाहरुलाई विशेष सुविधा सहित स्वदेश फिर्ता गर्नुपर्दछ ।

सामाजिक कुरितीवाट ग्रशीत समाजलाई परिवर्तन गर्नु छ जसको ज्वलन्त उदाहरण कैलालीको राधा चौधरीको घटना हो भन्दै खेद प्रकट गरे । दोशीलाई कार्वाही गर्न सरकारलाई आग्रह समेत गरे ।

कार्यक्रममा वोल्दै संघका अध्यक्ष राजिव पहारीले भने जनताले दिएको अभिमतलाई खेर जान दिने छैन । युवाहरुका पक्षमा लागिरहने र युवाको मुद्दा कार्यान्वयनको लागि संसद र सडक दुवैको नेतृत्व गर्ने प्रतिवद्दता राखे ।

वाईसिएलका अध्यक्ष दिप शिखाले भने अब एकता कसैले रोक्न सक्दैन । दुवै पार्टी र संगठन चाडै नै एकता हुने भन्दै यो सरकार संग ईतिहासमा नै वढि अपेक्षा रहेको छ । यसलाई हामी रचनात्मक सहयोग गर्नु पर्दछ भने ।

कार्यक्रममा आफ्नो प्रतिवद्दता मन्तव्य माननीय चन्द्र लामा, मञ्जु यादव, सुनिता चौधरी, दिपा वि क, वलराम वास्कोटा, खेम लोहनी, भुमि त्रिपाठी, जगत सिमखडा लगायतले राखे ।

संघ सचिव माधव वास्तोला, क्रान्ति वुर्लाकोटी र सचिवालय सदस्य रमेश आचार्यले संगठनको तर्फवाट आफ्ना धारणा राखे । कार्यक्रम युवा संघ नेपाल धादिङका अध्यक्ष दिपक खतिवडाको अध्यक्षतामा सम्पन्न भयो भने संचालन संघका धादिङ सचिव काजी श्रेष्ठ र स्वागत वाईसिएल धादिङ अध्यक्ष राम वहादुर थापा पहाडले गरेको सीलवालले बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै