• २०८१ बैशाख १७ सोमबार

तिनकुनेमा युवा संघको विरोध प्रदर्शन शुरु

kharibot

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले काठमाडौंको तीनकुनेमा आयोजना गरेको विरोध प्रदर्शन शुरु भएको छ ।

युवा संघले भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध र गणतन्त्रको पक्षमा काठमाडौंमा आज प्रदर्शन शुरु गरेको हो । युवा संघको प्रदर्शनको नेतृत्व एमाले नेता एवम युवा संघका पुर्व अध्यक्ष महेश बस्नेतले गरिरहेका छन् । प्रदर्शनको शुरुमा प्रतिक्रिया दिदै बस्नेतले विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनमाथि प्रतिगामी तत्वबाट चुनौति खडा गर्ने प्रयास हुन खोजेको भन्दै त्यसकोविरुद्ध आफूहरुको आन्दोलन केन्द्रित रहेको प्रतिक्रया दिएका छन् ।

यस अघि माइतीघरमा प्रदर्शन गर्ने भनिएको भएपनि प्रशासनले माइतीघरमा निषेधाज्ञा लगाउदै युवा संघलाई तिनकुनेमा कार्यक्रम गर्न ठाउ तोकिदिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै