• २०८१ बैशाख १७ सोमबार

युवा संघ र दुर्गा प्रसाई समुहको प्रदर्शन आज: धेरै जसो विद्यालय बन्द, सुरक्षा व्यवस्था कडा

kharibot

काठमाडौं । आज काठमाडौँमा मेडिकल ब्यावसायी दुर्गा प्रसाई र एमाले निकट राष्ट्रिय युवा संघले छुट्टा छुट्टै प्रदर्शन गर्दै छन् ।

दुर्गा प्रसाई समुहले काठमाडौँको बल्खुमा प्रदर्शन गर्दै छ । बल्खुमा हुने सो प्रदर्शनका लागि ७ वटा रूट तय गरिएको छ।  जसअनुसार पेप्सीकोला, सातदोबाटो, कलंकी, कालिमाटी, गल्कोपाखालगायतका स्थानबात र्याली बल्खु पुग्ने जनाइएको छ ।

त्यसैगरी युवा संघको प्रदर्शन भने काठमाडौँको तिनकुनेमा हुदै छ ।

दुवै समुहको प्रदर्शनले आज काठमाडौँ अघोषित बन्द जस्तै देखिएको छ । सडकमा सवारी साधनको चाप कम देखिएको छ भने प्रदर्शनलाई ध्यानमा राख्दै धेरै जसो विद्यालय बन्द गरिएको छ । प्रदर्शनका कारण यातायात प्रभावित हुने भएपछि विद्यालय पुग्ने र फर्किने सवारी साधन प्रभावित हुने भएपछि धेरै जसो विद्यालय बन्द गरिएको छ ।

त्यस्तै महानगरीय ट्राफिक महाशाखाले बुधबार नै अत्यावश्यक बाहेक सवारी साधन लिएर बाहिर नजान अपिल गरेको थियो ।

अहिले काठमाडौँका अधिकांश चोकमा प्रहरीको उपस्थिति देखिएको छ भने प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै