• २०८१ बैशाख १७ सोमबार

पार्टी प्यालेसबाट महिला निकाल्न युवा संघको संलग्नता छैन- ओली

kharibot

काठमाडौँ । दुर्गा प्रसाईंको आह्वानमा मंसिर ७ गते काठमाडौंमा हुने प्रदर्शनमा भाग लिन आएका महिलाहरूको समूहलाई पार्टी प्यालेसबाट मध्यरातमा निकालिएको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रतिक्रिया दिएका छन् ।

केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलीले एमालेलाई बद्नाम गराउन यस्ता गतिबिधि भएको हुन सक्ने भन्दै सतर्क रहन कार्यकर्तालाई आग्रह गरेका छन् ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित लोकन्‍थलीको इन्द्रसान पार्टी प्यालेसमा बसेका महिलाहरूलाई गएराती युवाहरुको समुह पुगेर बाहिर निकालिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

ओलीले भने- 'अहिले स्वार्थी तत्वहरु सडकमा आएका छन् । हामीलाई बदनाम गराउन लागिपरेका छन् । भिडियो जुन सार्वजनिक भएको छ । त्यसमा युवा संघको कुनै संलग्नता छैन । मैले फोन गरेर पनि सोधेँ ।'

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा महिलाहरूलाई युवाहरूको समूहले त्यहाँबाट निकालेको देख्न सकिन्छ ।

युवाहरूको एक समूहले धम्कीपूर्ण शैलीमा महिलाहरूलाई मध्यरातमा पार्टी प्यालेसबाट बाहिर निस्किन भनेपछि महिलाहरुले लुगा लगाउन समय दिन आग्रह गरेको सुन्न सकिन्छ । सो घटनापछि प्रहरीले हस्तक्षेप गरेपछि महिलाहरुलाई सोहि पार्टी प्यालेसमा राखिएको थियो ।
प्रहरीले महिलाहरूमाथि अभद्र व्यवहार गर्ने युवा समूहको खोजी गरिरहेको जनाएको छ   

काठमाडौंमा मंसिर ७ गते युवा संघ र प्रसाईं पक्षले कार्यक्रम गर्न लागेका छन् । दुवै समुहले माइतीघरमा कार्यक्रम गर्ने सम्भावना देखेपछि काठमाडौं प्रशासनले सो क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले नै युवा संघलाई तीनकुने र प्रसाईं समुहलाई बल्खुमा कार्यक्रम गर्न ठाउ दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै