• २०८१ बैशाख १७ सोमबार

बल्खुमा दुर्गा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबीच ढुंगा हानाहान

kharibot

काठमाडौँ । काठमाडौँको बल्खुमा दुर्गा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ ।

तीनकुन आउनेक्रममा युवा संघका कार्यकर्ता मोटरसाइकल र्‍याली गर्दै बल्खु पुगेपछि दुवै समुहबीच ढुंगा हानाहान भएको थियो ।  

युवा संघले भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध र गणतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन गरिरहेको छ भने प्रसाईँ समूहले हिन्दुत्व र राजसंस्था पुनःस्थापनाका पक्षमा प्रदर्शन शुरु गरेको छ ।

प्रशासनले दुवै समुहबीच झडप हुनसक्ने सम्भावनालाई ध्यानदिदै आज युवा संघलाई तीनकुने क्षेत्र र प्रसाई समुहलाई बल्खुमा प्रदर्शन गर्न तोकेको छ ।

अहिले काठमाडौँ उपत्यकाका बिभिन्न क्षेत्रबाट र्यालीसहित दुवै समुहका कार्यकर्ता आफ्नो तोकिएको ठाउमा जानेक्रम जारी रहेको छ ।

दुवै समुहको प्रदर्शनलाई ध्यानमा राख्दै प्रहरीले आज राजधानीमा करिब १० हजार प्रहरी परिचालन गरेको छ भने ड्रोनको प्रयोग गरेर समेत सुरक्षा निगरानी गरिरहेको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै