• २०८१ जेठ ५ शनिबार

युनाइटेड इन्सुरेन्सको कस्तो छ वित्तीय अवस्था ?

kharibot

काठमाडौं । युनाइटेड इन्सुरेन्सको खुद नाफा बढेको छ । आर्थिक बर्ष २०७८/७९ को दोस्रो त्रैमासिक अवधिमा युनाइटेड इन्सुरेन्सले खुद नाफा ११८ प्रतिशतले बढाएर ६ करोड ५८ हजार पुर्याएको छ ।

समीक्षा अवधिमा कम्पनीको लगानी रकम गत आवको तुलनामा ३१ प्रतिशतले वृद्धि भई २ अर्ब २२ करोड १५ लाख पुगेको छ  । कम्पनीको वित्तीय स्थिति सन्तोषजनक रहेको कम्पनीको त्रैमासिक प्रतिवेदनबाट देखिएको छ । कम्पनीले आव ०७८/०७९ को दोश्रो त्रैमासिक अवधिसम्ममा गत आव २०७७/०७८ को सोही अवधिको तुलनामा ५३ प्रतिशतले वृद्धि गरि रु.८८ करोड २१ लाख ५४ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीको कूल बीमाशुल्क क्रमिक रुपमा बढ्दै गएकोले आगामी दिनहरुमा व्यवसायिक विविधिकरण गरी गुणस्तरीय ग्राहकमुखी नयाँ सेवा सुविधा शुरु गरी कम्पनीलाई अझ वित्तीय रुपमा सबल बनाउने योजना रहेको कम्पनिले जनाएको छ ।

युनाइटेड इन्सुरेन्सको २०७८/७९ को दोस्रो त्रैमासिकमा प्रतिसेयर आम्दानी र नेटवर्थमा पनि सुधार आएको छ । यस्तै नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८४  पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १२४.६६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ६६ पैसा रहेको ।

इन्सुरेन्सले उल्लेखित त्रैमासिक अवधिमा यस कम्पनीका विरुद्ध कुनै पनि मुद्दा दायर नभएको बताएको छ ।

त्यस्तै नेपाली बजारमा रहेका बीमा कम्पनीहरु बीचको प्रतिस्पर्धा, सीमित बजार, प्राकृतिक विपत्ति तथा पूनर्बीमकहरुबाट प्रदान गरिने कमिसन र अन्य सुविधामा कटौतीले गर्दा साथै नोभेल कोरोना भाइरस (कोभिड(१९) महामारी र सोको बीमा दाबीले गर्दा आगामी दिनहरु बीमा व्यवसायको लागि चुनौतीपूर्ण देखिएको कम्पनिले जनाएको छ । आगामी दिनहरुमा प्रयाप्त तालिमको व्यवस्था गरी जनशक्तिलाई दुरुस्त पार्ने, सम्भावित क्षेत्रमा शाखा कार्यालयहरुको विस्तार गर्ने, ग्राहकहरुसँग सुमधुर सम्बन्ध कायम राखी छिटो छरितो ग्राहकमुखी सेवाहरुको विस्तार गर्ने योजना बनाएको कम्पनिले बताएको छ ।

संस्थाले बीमा ऐन, नियमावली तथा बीमा समितिद्वारा जारी हुने निर्देशनहरुको अवलम्बन गरी मात्र कार्य गर्ने गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै