• २०८१ बैशाख २३ आइतबार

नेपाल लाईफको नाफा बढ्यो, ६ महिनामा कमायो २८ करोड खुद मुनाफा 

kharibot

काठमाडौ । नेपाली जीवन बीमा क्षेत्रमा सबैभन्दा बढी सफल बीमा कम्पनीको रुपमा परिचय स्थिापित गरेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको पछिल्लो दोस्रो त्रैमासिक अवधिमा २८ करोड पाँच लाख २६ हजार एक सय २१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 

गत आवको सोही अवधिमा कम्पनीको यस्तो मुनाफा २७ करोड ९६ लाख८० हजार छ सय ११ रुपैयाँ रहेको थियो ।

किनकी जीवन अमुल्य छ........भन्ने मुख्य नारा लिएर आम नेपाली जनतामाझ जीवन बीमा सम्वन्धी कारोवार सञ्चालन गर्दे आएको कम्पनीको चालु आवको दोस्रो त्रैमासिक अवधिमा प्रति सेयर आम्दानी १२ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ एक सय ९३ रुपैयाँ ३८ पैसा रहेको छ  । 

कम्पनीको प्रति सेयर कुल सम्पतीको मुल्य भने १४ सय ८४ रुपैयाँ रहेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमासिक अवधिसम्ममा १०६०.३८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीका अनुसार यो बीमा शुल्क गत आवको सोही अवधिको तुलनामा ४६ दसमलव ७६ प्रतिसतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीको यस्तो बीमा शुल्क आर्जन ७२२.५२ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीले चालु आवको दोस्रो त्रैमासम्म ५४२.४१ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ । यस अवधिमा कम्पनीले ६३.५३ अर्ब रुपैयाँ भरपर्दो सुरक्षित क्षेत्रमा लगानी गरेको छ । यो लगानी कम्पनीको गत आवको सोही अवधिको तुलनामा २१ दसमलव ४९ प्रतिसतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीको यस्तो लगानी ५२ दसममलव २९ अर्ब रुपैयाँ रहेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै