• २०८१ बैशाख १७ सोमबार

कपिल शर्माको बायोपिकको घोषणा

kharibot

काठमाडौं । सोनी टेलिभिजनको लोकप्रिय शो ‘द कपिल शर्मा शो’ का होस्ट तथा कमेडियन कपिल शर्माको बायोपिक बन्ने भएको छ ।

कपिलको बायोपिकको घोषणा गरिएको हो भने जसको नाम ‘फनकार’ राखिएको छ ।

फिल्मको निर्देशन ‘फुकरे’ निर्देशक मृगदीप सिंह लाम्बाले गर्नेछन् भने निर्माण महावीर जैनको हुनेछ । फिल्मको कलाकारको टुंगो टुंगो लागिसकेको छैन । कपिलले कलाकारका रुपमा एक लामो यात्रा तय गरिसकेका छन् । स्टेण्ड अप कमेडी शो सुरुवात गर्ने कपिल आफ्नो नामको शो सुरु गर्नुअघि कैयौं कमेडी रियालिटी शोको हिस्सा बनेका थिए ।

कपिलले सन् २०१५ मा रिलिज रोमान्टिक कमेडी फिल्म ‘किस किसको प्यार करुँ’बाट अभिनेताका रुपमा डेब्यू गरेका थिए । जसको निर्देशन अब्बास मस्तानले गरेका थिए । यिनै कपिल डिजिटल प्लेटफर्ममा आफ्नो शो ‘कपिल शर्मा- आई एम नट डन येट’ लिएर आउँदैछन् । जसमा उनले आफ्नो किस्सा र कथा सुनाएर दर्शक हँसाउनेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै