• २०८१ बैशाख १९ बुधबार

शिल्पाका पति राज कुन्द्राको ९८ करोड बराबरीको सम्पति जफत

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको करिब ९८ करोड भारु बराबरको सम्पति जफत भएको छ ।

भारतको प्रवर्तन निदेशालय (ईडी) ले मनी लान्ड्रिंग केस अन्तर्गत कुन्द्राको सो सम्पत्ति जफत गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

ईडीले दिएको जानकारी अनुसार जफत गरिएको सम्पत्तिमा राज कुन्द्राकी पत्नी तथा बलिउड अभिनेत्री शिल्पा शेट्टीको नाममा रहेको जुहूको फ्ल्याट पनि समावेश छ ।

यस बाहेक कुन्द्राको नाममा रहेको पुणेको फ्ल्याट र इक्विटी शेयर पनि जफत गरिएको बताइएको छ ।

यस अघि जुलाई २०२१ मा, मुम्बई प्रहरीले व्यवसायी राज कुन्द्रालाई अश्लील फिल्म बनाउने र एपमार्फत उपलब्ध गराएको आरोपमा पक्राउ गरेको थियो। त्यसपछि पछि राज कुन्द्राले जमानत पाएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै