• २०८१ बैशाख १८ मंगलबार

नारायणहिटी विकास समितिका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

kharibot

काठमाडौं । नारायणहिटी विकास समितिका कार्यकारी निर्देशक  भेषनारायण दाहालले राजीनामा दिएका छन् । दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई राजीनामा पत्र बुझाएका हुन् । 

 नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा बतास समूहलाई भाडामा लगाउने विवादमा दाहाल मुछिएका थिए । मन्त्रालयले गठन गरेको छानबिन समितिले पेस गरेको प्रतिवेदनले पनि दाहालको संलग्नता देखाएको थियो ।

दाहालको गल्ती देखिएको भन्दै छानबिन समितिले सोमबार पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई प्रतिवेदन बुझाउँदै कारबाही सिफारिस समेत गरेको थियो ।

समितिले नारायणहिटी दरबारको जग्गा ठेक्का बतास समूहलाई दिएको थियो । तर, ठेक्का दिने र बतास समूहले आफूले पाउनेभन्दा बढी जग्गा कब्जा गरेको विषय नै विवादमा परेपछि दाहाल पनि आलोचित भएका थिए । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै