• २०८१ बैशाख १८ मंगलबार

नारायणहिटीमा रेष्टुरेन्ट प्रकरण: छानबिन समितिको निष्कर्षमा कार्यकारी निर्देशकको कमजोरी

kharibot

कार्यकारी निदेशक भेषनारायण दाहाल

काठमाडौं । नारायणहिटी दरबारभित्र रेष्टुरेन्ट (क्यान्टिन) सञ्चालनको विषयमा छानबिन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन पर्यटनमन्त्री प्रेम आलेलाई बुझाएको छ ।

सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा बनेको समितिले सोमबार छानबिन प्रतिवेदन बुझाएको हो ।

समितिले दिएको प्रतिवेदनको निष्कर्षमा रेस्टुरेन्टले प्रयोग गर्ने क्षेत्रफल र स्थानको सीमांकन नभएको, कार्यकारी निर्देशकको कमजोरी देखिएको,  जिम्मेवारी पूरा भएको नदेखिएको निष्कर्ष निकालेको छ ।

साथै प्रतिवेदनमा करिब १४ रोपनी जग्गा कब्जा गरेर अरु संरचना निर्माण भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

साथै प्रतिवेदनले रेष्टुरेन्ट संचालनका लागि तोकिएको भाडादर तय गर्दा समेत चलन चल्तीको बजार मुल्यलाई आधार नबनाएको निष्कर्ष निकालेको छ । 

समितिले ७ वटा निष्कर्ष र सुझाव दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै