• २०८१ बैशाख ३१ सोमबार

वीरगंजको निर्माणधिन भवनमा बालिकाको शव फेला

kharibot

वीरगंज । वीरगंजमा निमार्णधिन एक भवनमा बालिकाको शव फेला परेको छ । वीरगंज महानगरपालिका स्थित भिशुवामा ९ वर्षिय बालिका रिजवाना खातुनको शव भेटिएको हो ।   

बालिकाको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो ।

खातुन आफ्नैं अभिभावकसँगै भिसुवामा डेरा गरी बस्दै आएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन् । 

बालिकाको शवलाई अहिले पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पढाईएको र पोष्टमार्टम पछि मात्र बिलिकाको मृत्युको कारण खुलेपछि सत्य तथ्य थाहा हुने खनालले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै