• २०८१ माघ २३ बुधबार

पञ्जाबमा मोदीलाई सडकमा अवरोध, २० मिनेट फ्लाईओभरमा जाममा फसे !

kharibot

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार पञ्जाबको फिरोजपुरमा १५ देखि २० मिनेटसम्म जाममा फसेका छन् ।

र्‍यालीमा सहभागी हुन जानेक्रममा मोदी सवार गाडी ३० किलोमिटर टाढा रहेको फ्लाईओभरमा पुग्दा केही प्रदर्शनकारीले बाटो अवरुद्ध गरेपछि जाममा परेको भारतीय गृहमन्त्रालयले जानकारी दिएको हो । यसलाई ठुलो सुरक्षा चुकको रुपमा हेरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्  ।

गृह मन्त्रालयले भनेको छ, ‘प्रधानमन्त्री मोदीको काफिला हुसैनीवालास्थित राष्ट्रिय शहीद स्मारकबाट ३० किलोमिटर टाढा रहेको फ्लाईओभरमा पुग्दा केही प्रदर्शनकारीले बाटो अवरुद्ध गरेको पाइयो । प्रधानमन्त्री १५ देखि २० मिनेटसम्म फ्लाईओभरमा अलपत्र परेका थिए । यो घटना मोदीको सुरक्षामा ठूलो चुक थियो ।'

समाचार एजेन्सी पीटीआईका अनुसार यो ठूलो सुरक्षा त्रुटिका कारण प्रधानमन्त्री मोदीलाई त्याँहाबाट भटिंडा एयरपोर्ट लागिएको थियो । गृह मन्त्रालयले यो विषयलाई गम्भीरताका साथ लिएको र पञ्जाब सरकारसँग प्रतिवेदन मागेको जनाएको छ ।

पञ्जाबमा यसै बर्ष हुने विधान सभा चुनावका करण दलहरुबीच कडा प्रतिष्पर्धाका  कारण यस्तो घटेको बताइएको छ ।

यस घटनाले अब केन्द्र र पञ्जाबको काँग्रेस नेतृत्वको सरकारबीच टकराव बढ्ने सम्भावना बढेको छ । समाचार एजेन्सी एएनआईका अनुसार भटिंडा एयरपोर्टमा प्रधानमन्त्री मोदीले अधिकारीहरूलाई म जिउँदै फर्कन सफल भएकोमा आफ्नो मुख्यमन्त्रीलाई धन्यवाद दिन  बताएका थिए । मिडिया रिपोर अनुसार पंजाब सरकारले फिरोजपुर र फरीदकोटका एसएसपीहरूलाई यस घटनाका कारण निलम्बन गरेको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै