• २०८१ जेठ २ बुधबार

पूर्वसांसद् इच्छाराज तामाङ जेल चलान 

kharibot

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद् एवं सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ्सका संस्थापक अध्यक्ष इच्छाराज तामाङ जेल चलान भएका छन् । 


बुधबार काठमाडौं जिल्ला अदालतले पुर्वसांसद् तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) श्याम कुमार महतोले खरीबोटलाई जानकारी दिए । 

उनले भने,‘ सहकारीमा रकम वचतकर्ताहरुको रकम ठगी गरेको आरोपमा उनलाई जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।’ 

सीआईबीले तामाङले ठगी गरेको निष्कर्षसहित ५ अर्ब ६७ करोड बिगो माग दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै