• २०८१ बैशाख १७ सोमबार

सम्पत्ति शुद्धीकरण मुद्धामा इच्छाराज तामाङ दोषी ठहर

kharibot

काठमाडौँ । सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्धामा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू हेमनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठले दोषी ठहर गरेका हुन् ।

सम्पत्ति शुद्धीकरण विभागले तामाङसँग ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा हालेको थियो । यस्तै एक कित्ता जग्गासहित विभिन्न ६९ कम्पनीमा रहेको विभिन्न कित्ता शेयर पनि जफत गर्न माग गरेको थियो ।

तामाङकी श्रीमती सिर्जना शाक्य तामाङसँग पनि एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। उनको एउटा सवारी साधन, विभिन्न कित्ता जग्गा र विभिन्न स्थानको कसुरबाट प्राप्त भएको जग्गा पनि जफत गर्नुपर्ने विभागको माग थियो ।

इच्छाराज तामाङले ठगी गरेको उजुरी परेपछि केन्द्रीय अनुसन्धान व्युरोले अनुसन्धान गरेको थियो । अनुसन्धान गरी उनी लगायतले ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ठगी गरेको भन्दै ब्युरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो ।

यसमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दा आकर्षित भएपछि विभागले पनि अनुसन्धान थालेको हो । उनीहरूले आर्जन गरेको सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने, हस्तान्तरण र रूपान्तरण समेतका निषेधित कार्य गरी सम्पत्ति शुद्धीकरण कसुर गरेको विभागको ठहर थियो ।

विशेष अदालतले दोषी ठहर गरे पनि उनलाई सजाय भने माघ २१ गते गर्ने भएको छ ।

त्यस्तै अदालतले यस मुद्धामा तामाङकी पत्नी सिर्जना शाक्य र सिभिल सहकारीक अध्यक्ष केशवलाल श्रेष्ठ पनि दोषी ठहरिएका छन् । यस मुद्धामा तामाङका छोरीहरु प्रतिक्षा र प्रतिष्ठाले भने सफाई पाएका छन् ।

  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै