• २०८१ जेठ २ बुधबार

इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोडको जरीवाना

kharibot

काठमाडौं । विशेष अदालतले सिभिल सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश दिएको छ ।

विशेष अदालतले पूर्व सांसदसमेत रहेका तामाङलाई सम्पति सुद्धीकरण अभियोगमा यस्तो आदेश सुनाएको हो । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र तेजनारायण सिंह राईसमेतको इजलासले तामाङ र पत्नी सिर्जना तामाङबाट समेत एक अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ बिगो भराउने आदेश भएको छ । 

अदालतले तामाङकी पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद सजाय सुनाएको छ । सम्पति सुद्धीकरण अनुसन्धान विभागले २०७९ भदौमा तामाङसहित उनकी पत्नी सिर्जनाविरुद्ध सम्पति सुद्धीकरणको मुद्दा दायर गरेको थियो । सम्पति सुद्धीकरण विभागले ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा हालेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै