• २०८१ बैशाख १७ सोमबार

आर्यन खान आज पनि जेलमै बस्ने !

kharibot

काठमाडौँ । बलिवुड अभिनेता शाहरुख खानका छोरा आर्यन खान आजपनि जेलमै बस्ने भएका छन् ।

विहिबार अदालतले जमानतमा रिहा गर्न आदेश दिए पनि कागजी प्रक्रिया पुरा हुन नसक्दा आर्यन आज पनि मुम्बईस्थित आर्थर रोड जेलमै बस्ने भएको भारतीय मिडियाहरुले उल्लेख गरका छन् ।

आर्यनको जमानतमा शाहरुख खानकी नजिककी साथी अभिनेत्री जुही चावला सेशन कोर्टमा गएर जमानत बस्न साइन गरेकी थिइन् । आवश्यक कागज अदालतबात जेलसम्म समयमै पुर्याउन नसक्दा आर्यन एक रात अझै जेलमा बस्ने भएका छन् । जेलका अधिकारीहरुले आर्यनको रिहाइ अब शनिबार बिहान मात्र हुने बताएको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।  

अक्टोबर ४ मा ड्रग्स प्रकरणमा हिरासतमा रहेका आर्यन पछिल्लो २५ दिनदेखि जेलमा रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै