• २०८१ बैशाख १७ सोमबार

आर्यन खानको जमानतमा सुनुवाई जारी

kharibot

काठमाडौँ । बलिवुड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानतको सुनुवाई मंगलबारबाट शुरु भएको छ । मुम्बईस्थित बम्बे उच्च अदालतमा मंगलबारदेखि शुरु भएको सुनुवाई आजपनि जारी रहने छ ।

मंगलबार शुरु भएको सुनुवाईमा आर्यनको पक्षका वकिलहरूले आफ्नो पक्ष राखेका छन् । आर्यनका वकिलहरुले जमानत हुने केस भएको दलिल पेश गर्दै अदालतलाई जमानत दिन तर्क गरेका छन् ।

अब बुधबार आर्यनका पक्षका साथै  नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का वकिलले आफ्नो पक्ष राखेपछि अदालतले फैसला गर्ने बताइएको छ ।

हाल मुम्बईस्थित आर्थररोड जेलमा रहेका आर्यन खानको जमानतका लागि यसअघि सेशन कोर्टले आर्यनलाई जमानत दिन अस्वीकार गरेको थियो । 

यसअघि आर्यनको जमानत याचिका दुई पटक अस्वीकार भएको छ ।  

गत अक्टोबर २ देखि हिरासतमा रहेका आर्यन मुम्बईबाट गोवा जादै गरेको पानी जहाजमा भएको रेभ पार्टीमा ड्रग्स बरामद भएपछि पक्राउ परेका थिए । नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मार्दा ३० ग्राम चरेस, २० ग्राम कोकिन र २५ एमडीएमए ड्रग्सका ट्याब्लेट तथा १० ग्राम एमडी ड्रग्स बरामद गरेको दाबि गरेको छ । तर मिडिया रिपोर्टका अनुसार आर्यनले ड्रग्स खाएको र ड्रग्स बरामद भएको नभेटिएको उल्लेख गरिएको छ । 

अदालतले आर्यनसहित पक्राउ गरेका सबैलाई न्यायिक हिरासतमा पठाए पछि उनीहरु अहिले जेलमा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै