• २०८१ बैशाख १७ सोमबार

ड्रग्स प्रकरण: २८ दिनपछि जेल बाहिर आए आर्यन खान

kharibot

काठमाडौँ । बलिवुड अभिनेता शाहरुख खानका छोरा आर्यन खान जेल बाहिर आएका छन् । विहिबार अदालतले जमानतमा रिहा गर्न आदेश दिए पनि कागजी प्रक्रिया पुरा हुन नसक्दा शनिबार बिहान जेलबाट बाहिर आएका हुन् ।

शनिबार बिहान कागजी प्रक्रिया पुर्याएर आर्यन मुम्बईस्थित आर्थर रोड जेलबाट शनिबार बिहान बाहिर आएका छन् ।

यसअघि शुक्रबार आर्यनको जमानतमा शाहरुख खानकी नजिककी साथी अभिनेत्री जुही चावला सेशन कोर्टमा गएर जमानत बस्दै एक लाखको जमानत रकम जम्मा गरेकी थिइन् । आवश्यक कागज अदालतबाट जेलसम्म समयमै पुर्याउन नसक्दा आर्यन थप एक रात  जेलमा बसेका थिए ।

अक्टोबर २ मा ड्रग्स प्रकरणमा हिरासतमा रहेका आर्यन २८ दिन जेलमा बसेर बाहिर आएका छन् ।

मुम्बईबाट गोवा जादै गरेको पानी जहाजमा भएको रेभ पार्टीमा ड्रग्स बरामद भएपछि यस प्रकरणमा अभिनेता शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेका थिए । नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मार्दा ३० ग्राम चरेस, २० ग्राम कोकिन र २५ एमडीएमए ड्रग्सका ट्याब्लेट तथा १० ग्राम एमडी ड्रग्स बरामद गरेको थियो ।

करिब २००० जनाको क्षमता भएको सो जहाजमा ६ सय भिआइपीले पार्टी गरिरहेका थिए । यस पार्टीको आयोजना फेशन टिभी इन्डियाले गरेको बताइएको छ । समुन्द्रको बिचमा हुने यस पार्टीमा प्रवेशका लागि ६० हजार देखि ५ लाखसम्मको टिकट बेचिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै